विद्यालयमा १० लाखको अक्षयकोष स्थापना

Akchhaye kosh

काठमाडौं । रामपुर नगरपालिका ४ सदावतस्थित सीताराम माध्यमिक विद्यालयमा १० लाखको अक्षयकोष स्थापना भएको छ ।

विद्यालयमा अध्यनरत गरीब, जेहेन्दार, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोगका लागि ‘तानका साक्षीको विद्यार्थी सहयोग’ अक्षयकोष स्थापना गरिएको हो ।

जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे), तानकालगायतका व्यक्तिको सहयोगमा सो अक्षयकोष स्थापना गरिएको हो ।

सो अक्षयकोषको वार्षिक ब्याज दर रकमबाट हाललाई कक्षा १० का छात्र अशोक खत्रीको शैक्षिक क्षेत्रमा खर्चिने विद्यालयका प्रधानाध्यापक विश्वनाथ भट्टराईले बताए ।

‘परिवारको आर्थिक अवस्था अत्यन्तै न्यून भएकाले दाताले पहिलो प्राथमिकता विद्यार्थी खत्रीलाई दिएको छ, उनको स्नातकोत्तर तहसम्मको अध्ययन पूरा भएपछि अन्य विद्यार्थीको पठनपाठनमा खर्च गर्ने सहमति भएको छ’, उनले भने ।

२ दशकदेखि पाल्पालाई कर्मथलो बनाउँदै आएका ओकेबाजेले शैक्षिक, स्वास्थ्य, सामाजिक लगायतका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस