बडिखेलमा माघ २७ गतेदेखि धार्मिक महामहोत्सव हुने

Mahotsaabb

गोदावरी । गोदावरी नगरपालिका वडा ४ बडिखेलको तपेश्वर महादेव मन्दिरमा यही माघ २७ गतेदेखि धार्मिक महामहोत्सव हुने भएको छ ।

बडिखेललाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले बडिखेलबासी र वडाको संयुक्त पहलमा आगामी फागुन ६ गतेसम्म ‘तपेश्वर महादेव धार्मिक महामहोत्सव- २०७५’ महाशिवपुराण वाचन हुन लागेको गोदावरी नगरपालिका ४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिए ।

महोत्सवमा आचार्य पं हरिशरण उपाध्यायले कथा वाचन गर्नुहुने छ । सो मन्दिर वरपर रहेका दुई प्वालबाट तातो र चिसो हावा आउने बताइएको छ । त्यहाँको वनमा गाईको थुन आकारको एक ढुङ्गा पनि छ ।

बडिखेलको पहरी जातिले चैत्र पूर्णिमाको बेलुका तपेश्वर परिसरमा रातभर बसेर बत्ती बाल्ने र जाग्राम बस्ने क्रम शदियौँदेखि चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस