भूकम्प पीडितका लागी एकीकृत बस्ती निर्माण अन्तिम चरणमा

Namuna basti

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका‐१ हेलम्बुमा भूकम्प पीडितका लागि भइरहेको एकीकृत बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

जनहित ग्रामीण सेवा समितिको समन्वयमा अक्सफाम नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको भूकम्प प्रतिरोधी ४० घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए ।

पीडितहरु बस्दै आएको थातथलोमा भूकम्पले चिरा पारेर बस्नै नहुने अवस्था आएपछि स्थानीयवासीले तेम्वाथाङ बस्ती विकास नामक समिति गठन गरी आफ्नै तर्फबाट जग्गाको व्यवस्था गरेका थिए ।

त्यसैगरी बाह्रबिसेको खुर्सानी बारीमा विस्थापित जीवन बिताइरहेका मध्ये छ घर दलित परिवारलाई आवास निर्माणका लागि पनि सोही संस्थाले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको छ । बाह्रबिसे नगरपालिका अन्तर्गत गातीका २४ घरका दलित परिवार भूकम्पपछिको पहिरोका कारण खुर्सानीबारीमा विस्थापित बनेका थिए ।

अन्य १८ परिवार भने आफ्नैतर्फबाट आवास निर्माणमा जुटिरहेका छन् । साविकको ठाउँमा पहिरो लागेर घर बनाउने जग्गा नभएर चार वर्षदेखि विस्थापित भएका उनीहरुले हाल आवास निर्माण गरिरहेको स्थानमा पनि तलबाट पहिरो गएपछि नियन्त्रणका लागि रु १० लाख अनुदान उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...