पाँच कट्ठा जग्गादान स्वास्थ्यचौकी निर्माणका लागि

Helth post

सिराहा । गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि सिराहाको नवराजपुर गाउँपालिका–१ स्थित तमसुइया निवासी मागेन साहले जग्गादान गरेका छन् ।

सिरहाको नवराजपुर गाउँपालिकाको आग्रहमा साहले स्वास्थ्य केन्द्र स्थापनाका लागि आफ्नो पाँच कट्ठा सात धुर जग्गादान गरेका हुन् ।

लहानबाट १६ किलोमिटर दक्षिणमा पर्ने नवराजपुर गाउँपालिकामा स्वास्थ्यचौकी नहुँदा स्थानीय बासिन्दालाई उपचारको लागिसमेत घुमाउरो बाटो प्रयोग गरेर लहान वा भारतको दरभङ्गा जानुपर्ने बाध्यतालाई महसुस गरी गाउँमा स्वास्थ्यचौकी स्थापनाका लागि जग्गादान गरेको जग्गादाता साहले जानकारी दिए ।

नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवले जग्गादाता मागेन साहको योगदानले गाउँमा स्वास्थ्य केन्द्र निर्माण हुने वातावरण सहज भएको र अब स्वास्थ्य केन्द्र निर्माण गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...