तिम्ल्याहा बच्चा जन्माउदा रु ३० हजार

Timlyaha

गलेश्वर । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ ।

नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मंगलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले सो रकम सहयोग गरिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख श्रेष्ठ, उप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले सो रकम हस्तान्तरण गरेका हुन् ।

नगरकार्यपालिकाको मंगलबार सम्पन्न ३१ औँ कार्यपालिका बैठकले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस