सिद्धी–सेतुली स्मृति पुरस्कारबाट प्रमिला र हेम पुरस्कृत

Siddhi

चिप्लेढुङ्गा । सिद्धी–सेतुली स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धी–सेतुली स्मृति पुरस्कारबाट यस वर्ष प्रमिला तझ्या पुरस्कृत भएकी छन् । एकल महिलाको क्षेत्रमा क्रियाशील रहेर अधिकारका क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै उहाँलाई पुरस्कृत गरिएको हो ।

यस्तै अपाङ्गताको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै यस वर्षबाट थालिएको सानिमा स्मृति पुरस्कार हेमबहादुर गुरुङलाई प्रदान गरिएको छ । स्वलम्बन जीवन पद्धतिका अध्यक्षसमेत रहनुभएका गुरुङ डेढ दशकदेखि अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

दुवै जनालाई डा. कुमारशमशेर राणाले जनही रु १० हजारसहित सम्मान गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...