खुकुरी प्रहारबाट एक महिलाको हत्या

Hattya

धादिङ । मंगलबार बिहान नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको खुकुरी प्रहारबाट हत्या भएको छ ।

वस्तुलाई घाँस लिन घर बाहिर निस्किएकी २५ वर्षीया मोनिका आले मगरको खुकुरीले हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले बताए ।

घाँस काट्न घरबाट निस्किएको केही बेरमा घर नजिकै आलुबारीमा भतिजो नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुरले बताए ।

भतिजोले सोमबार दिउँसो गाउँमा एकजना बोक्सी काट्ने योजना सुनाउँदै हिडेको र मंगलबार बिहान काकी नाता पर्ने मोनिकाको खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुरले बताए ।

गाउँवासीले महिलालाई खुकुरीले जथाभावी काटेको देखेपछि उद्धारका लागि गएका थिए । गाउँलेहरु घटनास्थल पुग्दा आरोपित सुमन फरार भइसकेका थिए भने मोनिकाको स्वास नली काटिएर मृत्यु भइसकेको थियो ।

घटनाको अनुसन्धान सुरु गरिएको र आरोपितको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...