हात्ती आतंकबाट लाखौंको क्षति

Hatti

सप्तरी । सप्तरीमा फेरि हात्तीले आतंक मच्चाएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६, अन्तर्गत फारमटोल, मोहनपुर तथा सुकुम्बासी टोलमा घर भत्काउनुका साथै अन्नबाली खाएर क्षति पुर्याएको छ ।
आइतबार राति पूर्वी भेगबाट आएको जंगली हात्तीहरुको एक समूहले आतंक मच्चाउनुको साथै भौतिक क्षति पुर्याएको पिडितका परिवारजनले बताएका छन् ।
फारमटोलमा रहेको ललितबहादुर पोख्रेल को घर, शौचालय भत्काएको तथा अन्न खाएर नष्ट गरेको, मोहनपुरमा रहेको शिव शंकर शर्माको घर भत्काएको र अन्न खाएर नष्ट गरेको छ ।
त्यस्तै, हात्तीले सुकुम्बासी टोलका बस्ने तिलक बहादुर सुवेदीको धानको भकारी पूर्ण रुपमा क्षति र्पुयाएको छ ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, ६ नम्बर वडाअध्यक्ष कुसुम आचार्य लगायतका स्थानीय समाजसेवी समूहले अनुगमन गरिसकेका छन् ।
पीडितहरुलाई गाउँपालिका विपद् व्यवस्थापन कोष, रेडक्रस सोसाइटी, जिल्ला वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षणबाट समेत क्षतिपूर्ति उपलब्ध गराइने भएको छ ।
पछिल्लो पटक त्यस भेगका दर्जनौं घर परिवारका लाखौंको धनमाल नष्ट गर्नुका साथै हात्ती आतंकका कारणले स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस