वडा सदस्यले पारिश्रमिक रकम वृद्धाश्रमलाई दिने घोषणा

Birdaaasram

डोटी । दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफुले पाउँदै आएको पारिश्रमिक वापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गरेका छन् ।नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सुबिधा उनले सो आश्रमलाई दिने घोषणा गरेका हुन् । आज पत्रकार सम्मेलन गरेर उनले आफुले नगरपालिकाबाट पाउँदै आएको मासिक रु दुई हजार ५०० सो आश्रमलाई दिने घोषणा गरेका हुन् ।
गत जेठ २ गते खोलिएको सो बृद्धआश्रममा हाल चार बृद्ध रहेका आश्रम सन्चालक समितिका उपाध्यक्ष गणेश बमले जानकारी दिए । आश्रममा पुर्विचौकी २ बगलेक का ७३ वर्षीय रघु साँउद दिपायल सिलगढी–६ का ६५ बर्षीय भरत श्रेष्ठ, शिखर नगरपालिकाका ८५ वर्षीय किरुवा भुल र सायल गाउँपालिक–२ का अपाङ्ग अमरबहादुर सिंहले आश्रय लिईरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...