बिजुली नहुँदा घरबास सञ्चालनमा समस्या

Batti

उदयपुर । आन्तरिक पर्यटन प्रवद्र्धन तथा विकासका लागि रौतामाई र उदयपुरगढी क्षेत्रमा स्थापना गरिएका घरबास (होमस्टे) ती क्षेत्रमा सडक तथा बिजुली नहुँदा सञ्चालनमा समस्या भएको छ ।
घरबास सञ्चालक केशरबहादुर रोका क्षेत्री भौतिक पूर्वाधार अभावका कारण घरबास बन्द हुने अवस्था पुगेको बताए । यस्तै रौतामाई गाउँपालिकाको रौता क्षेत्रमा पर्यटकलाई लक्ष्य गरी स्थापना गरिएका घरबास सडकको उचित व्यवस्थापन नहुँदा तथा बिजुली र खानेपानी अभावमा सञ्चालन हुन सकेको छैन ।
घरबास सञ्चालक जुद्धबहादुर मगरका अनुसार अहिले रौता क्षेत्रमा घरबासमा गरिएको लगानी खेर गएको छ । रौता गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउनुहुन्छ, ‘रौताक्षेत्रमा पर्यटन विकासका लागि बृहत् गुरुयोजनाका साथ अभियान थालिएको छ ।’

प्रतिकृया दिनुहोस