घोराहीेको कारागारमा पाच गुणा बढि कैदिबन्दी

Karagar

घोराही । दाङको घोराहीमा रहेको कारागारमा क्षमता भन्दा बढि कैदिबन्दि रार्खिको छ । उत कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् ।

हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी राखिएको कारागारका सूचना अधिकृत योगेन्द्र रिजालले बताए । उक्त कारागारमा ठाउँ अभावका कारण क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य भएका हुन् । यस कारागारमा पुरुषलाई मात्र राखिएको रिजालले बताए ।

कारागारका प्रमुख पर्साराम भुसालले जाडोमा भन्दा पनि गर्मी मौसममा कैदीबन्दीलाई बस्न र सुत्नका लागि समस्या हुने गरेको बताए । “कैदीबन्दीका लागि एउटा कोठामा एक लाइनमा बनाइएको खाटलाई दुई लाइन बनाइएको र भान्सा कोठा र कोठा बाहिरको खाली ठाउँमा त्रिपाल टाँगेर सुत्ने ठाउँ बनाइए पनि उनीहरु अटाउन मुस्किल परिरहेकोले अब खाटमाथि खाट जोडेर पनि सुत्न दिने व्यवस्था गरिरहेका छौँ” उनले बताए ।

कैदको समय नतोकेर कहिलेकाहीँ अदालतले धेरै व्यक्तिलाई एकै पटक पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि ह्वात्तै कैदी थपिँदा उनीहरुको खानपान र सुत्नका लागि समस्या हुने गरेको कारागार प्रमुख भुसालले बताए । यहाँ धेरै कैदीबन्दी भएकाले उनीहरुलाई अन्यत्र पठाउने प्रयास गरे पनि अन्तको समस्या पनि त्यस्तै भएपछि उनीहरु अन्यत्र जान सकिरहेका छैनन् ।

विसं २०५८ मा घोराहीमा कारागार भवन बनेको थियो । क्षमताभन्दा धेरै कैदीबन्दी भए पनि खानेपानीको व्यवस्था, नियमित स्वास्थ्य जाँच र खेलकूदका सामग्रीका साथै सबै पत्रपत्रिका एवं पुस्तकालयको व्यवस्था गरिएको उनले बताए ।

कारागारको नियमानुसार आइतबार, मङ्गलबार र बिहीबार आफन्तसँग भेटघाट गर्न अन्य बार आफन्तसँग फोनमा कुरा गर्न पनि दिइएको छ । त्यहाँका केही कैदीबन्दीले काठबाट निर्माण हुने टेबल, सोफा, बेन्च, खाट, दराज बनाएर मनग्य आम्दानी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...