अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विषय कसरी बन्यो मुख्य समाचार

Trgnggzvyhiu2p03v9o9

वासिंटन । बुधबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि केही मानिसले ‘वासिंटन पोस्ट’ अखबार बाँडिरहेका थिए । उक्त अखबारको पहिलो पृष्ठमा मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख थियो ।

एकाबिहानै मानिसले यस्तो समाचारलाई ‘अप्रत्याशित’ मान्नु स्वाभाविकै थियो । र, समाचारको मुख्य शीर्षकमा पनि ‘अप्रत्याशित’ नै लेखिएको थियो । ‘अप्रत्याशित : ट्रम्प ह्वाइट हाउसबाट बिदा, संकट अन्त्य’ शीर्षकको उक्त समाचारले धेरैको ध्यान आकर्षित गर्‍यो ।

ट्रम्पका विरोधीहरुले खुशी मनाउन थाले । सामाजिक सञ्जालमार्फत समाचार भाइरल बन्यो र विदेशमा पनि ट्रम्पका विरोधीहरु खुशी देखिए ।

केहीबेरमा वास्तविकता उजागर भयो । कसैले वासिंटन पोस्टका नाममा नक्कल गरेर अखबार प्रकाशित गरेको रहेछ । उक्त अखबारमा मितिसमेत १ मे, २०१९ राखिएको थियो ।

वासिंटन पोस्टका प्रवक्ताले आफ्नो अखबारलाई गलत रुपमा प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् । उनले पाठक वर्गमा पर्न गएको भ्रमबाट वासिंटन पोस्ट परिवार चिन्तित भएको उल्लेख गरेका छन् ।

वासिंटन पोस्टको नाम दुरुपयोग गरेर कसले यसरी अखबार प्रकाशित गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने विषयमा अमेरिकामा राजनीतिक संकट बढ्दै गएको अवस्थामा ‘फेक न्यूज’ फैलाइएको हो । राष्ट्रपति ट्रम्पले पर्खाल लगाउने अडान लिएका छन् भने डेमोक्रेटिक सांसदहरु ट्रम्पको सो योजनाको विपक्षमा छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...