बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिन आज कांग्रेसले खबरदारी सभा गर्दै

Birodhaaaaa

बुटवल । नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिन आज बुटवलमा खबरदारी सभा गर्दैछ । गत वर्ष माघ ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला बुटवललाई अस्थायी राजधानी घोषणा गरिएको थियो ।

अस्थायी राजधानी घोषणाको वर्षगाँठको दिन पारेर कांग्रेस रुपन्देहीले स्थायी राजधानी घोषणा गर्न दबाव दिन खबरदारी सभा गर्न लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिएका छन् ।

खबरदारीसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टीका प्रवत्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल, मानबहादुर विक लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभापूर्व राजमार्ग चौराहाबाट जनप्रर्दशन समेत गरिने कार्यक्रम रहेको छ।
खबरदारी सभामा रुपन्देहीका १६ वटै स्थानीय तहबाट काग्रेस नेता कार्यकर्ता र शुभचिन्तक बुटवल आउने कांग्रेसले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...