बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

Tereja may

काठमाडौं । बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

राति झण्डै ४ घण्टा लामो छलफल पछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अविश्वासको प्रस्ताव विफल भएपछि प्रधानमन्त्री मे ले यूरोपियन युनियन ईयू छाड्न भएको जनमत संग्रहको नतिजा पालना गर्ने र आफ्ना नागरिकसँग गरेको प्रतिबद्धता पूरा गर्न आफु सधैं तयार रहने बताउनुभएको छ  ।

उहाँले सबै दलका नेतालाई ईयूबाट बाहिरिन नयाँ बाटो खोज्न सहयोग गर्न पनि अपील गर्नुभएको छ । बुधबार ईयूबाट बेलायत बाहिरिनेसम्बन्धी प्रधानमन्त्री मे को प्रस्ताव बहुमतले अस्वीकृत भएपछि उहाँविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...