चितवन: भरतपुर महानगरका वडाहरु बडापत्रविहिन

Badapatra

चितवन । स्थानीय सरकार वनेको डेढ वर्ष वितिसक्दा पनि चितवनको भरतपुर महानगर भित्रका वडाहरुमा अझैसम्म पनि बडापत्र राखिएको छैन । वडावासीका लागी प्रदान गरीने सेवासुविधाका विषयमा प्रस्टसंग देखिनेगरी राख्नुपर्ने बडापत्र अझै नराखिदा सेवाग्राही अन्यौलमा परेका छन् ।

कामका लागि वडामा पुग्दा कुन, कुन कागज पत्र चाहिने हो र कसरी काम गर्न सकिन्छ भन्ने विषयमा आफुहरु अन्यौलमा पर्ने गरेको वडावासीहरुले गुनासो गर्ने गरेका छन् । भरतपुर महानगर भित्रका वडाहरुमा अझैपनि स्थानिय सरकार वन्नु भन्दा अगाडीका बडापत्र नै झुन्डीएका छन् ।

समृद्ध वडा निर्माणका लागि चुनिएका जनप्रतिनिधिले आफ्नै वडावाट प्रदान गरीने सेवासुविधाका विषयमा जानकारी दिने बडापत्र अनिवार्य राख्नुपर्ने भएपनि यतिका समयसम्म पनि एउटा सामान्य बडापत्र राख्न नसक्नु दुःखद भएको स्थानीयको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...