४ करोड धरौटी बुझाए विक्रम पाण्डेले, अब के होला उनको राजनीति ?

Bikram panday

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले भ्रष्टाचार गरेको ठहरसहित विषेश अदालतमा मुद्दा दायर गर्दा उनी र उनी निकटका ठेकेदारहरुले उनको बचाउ गरे । तर बुधबार पाण्डेसँग विशेष अदालतले चार करोड रुपैयाँ धरौटी माग गरेको छ ।

प्रारम्भमा पाण्डेले भ्रष्टचार नगरेको जिकिर गर्दै आएका थिए । तर, विषेश अदालतले नै दोशी देखाएपछि उनले उम्किने ठाउँ पाएनन् । अन्नतः उनले अदालतले मागेको ४ करोड धेरौटी बुझाउन बाध्य भए ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोरखेलको इजलासले साधारण तारिखमा राख्न आदेश दिए । विशेष अदालतको म्याद पुर्जी अनुरुप पाण्डे बुधबार अदालत उपस्थित भए । उनको वयान र थुनछेक सम्बन्धी बहस सकिएपछि इजलास धरौटीमा छाड्ने निष्कर्षमा पुगेको हो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोरखेलको इजलासले साधारण तारिखमा राख्न आदेश दिएपछि उनी तत्काल जेल जाने बाटो त रोकिएको छ । तर, भ्रष्टचार गरेको प्रमाणित भने भइसेकेको छ । उनी आफुलाई खुंखार राजनतिज्ञ भनन रुचाउँछन् । तर, उनले आफ्नो कालिका कन्ट्रक्सनमार्फत अर्बाैको भ्रष्टचार गरेको खुलिसकेको छ ।

जबकी अख्तियारको दावी अनुसार विषेश अदालतले धरौटी नलिए पनि जनताको नजरमा भ्ष्टचारी नै हुन् । अब उनले के गर्लान् त राजनीतिमा ? चासोको विषय बनेको छ ।

उनी कालिका कन्ट्रक्सनका मालिक हुन् । उनले बनाएका धेरै ठेक्का अहिले विवादमा तानिएको छ । एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षणसमेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको उजुरी परेको थियो । आयोगले यसको छानबिन थालेपछि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सिक्टा सिँचाई आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरीय काम हुन नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

पाण्डेसँग २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिगो दाबी गरिएको थियो । मुद्दामा पूर्व आयोजना प्रमुखहरूमध्ये सरोजचन्द्र पण्डितसँग ५९ करोड ३४ लाख ५२ हजार ५ सय ९४ रुपैयाँ, दिलिपबहादुर कार्कीसँग १ अरब ५६ करोड ८२ लाख ८३ हजार १ सय ९९ र रमेश बस्नेतसँग २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० बिगो दाबी गरिएको थियो ।

‘तत्काललाई चार करोड धरौटी लिएपनि त्यत्ति नै ठहर हुन्छ भन्ने हुँदैन । कम वा बेसी जति ठहर हुन्छ त्यत्ति नै जरिवाना असुल गर्नुपर्ने हुन्छ’, अदालतका एक अधिकारीले भने, ‘वा अभियोगमा सफाइ पाएमा यही धरौटी पनि फिर्ता गर्नुपर्ने हुन्छ । धरौटी एउटा विश्वासको आधार मात्र हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...