सकियो माघी मेला, गोरु जुधाइँमा १५ गोरुको प्रतिष्पर्धा

Goru judhai

धनकुटा । मंगलबार धनकुटा मुगाको वातावरण बेग्लै थियो । लामो समयको प्रयासपछि गाउँमा मेला लाग्दा स्थानीय पनि हर्षित थिए ।

धनकुटाको मुगामा मंसिरे पुर्णिमा र बैशाखे पुर्णिमाका दिन महिनामा एक पटक जलदेवी मेला लाग्दै आएको छ । माघीका दिन मेला लाग्ने चलन थिएन । तर, स्थानीय युवाहरुको प्रयासमा पहिलापटक माघी मेला लगाइएको थियो ।

त्यति मात्रै होइन, पूर्वी नेपालमै पहिलोपटक गोरु जुधाइँ प्रतियोगिताको आयोजना गरियो । जसले गर्दा पनि मंगलबार निक्कै धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ७ मुगामा रमाइलो थियो ।

स्थानीय युवाहरुको प्रयासमा मुगाको गजेगैरीमा पहिलोपटक गोरु जुधाई प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा १५ वटा गोरु जुधाइएको थियो । पूर्वी नेपालमै पहिलोपटक आयोजना गरिएको सो प्रतियोगितामा महसुर राईको गोरु प्रथम भएको थियो ।

विजयी गोरुका धनी राईलाई पाख्रिवास नगरपालिकाका मेयर वृषबहादुर राईले रकम हस्तान्तरण गरे ।

सो प्रतियोगितामा सहभागी गराइने गोरुको पहिले नै आयोजकले इन्स्योरेन्ससमेत गराइसकेको थियो । प्रत्येक वर्ष यस प्रकारको प्रतियोगिता र माघी मेलाको आयोजना गर्नेगरी योजना बनाइएको स्थानीय युवा नविन बराइलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...