हत्या आरोपीलाई पक्राउ गर्न चलायो प्रहरीले गोली

Goli

बर्दिया । हत्या आरोपीलाई पक्राउ गर्न बर्दियामा प्रहरीले गोली चलाएको छ । हत्या आरोपी युवराज गिरीलाई पक्राउ गर्न प्रहरीले मधुवन नगरपालिका –३ मा गोली चलाएको हो ।

आरोपी गिरीको खुट्टामा गोली लागेको छ । गिरीको अवस्था भने सामान्य छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असइ पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको पुस २७ गते हत्या गरिएको अभियोगमा प्रहरीले गिरीलाई पक्राउ गरेको हो ।

सोही हत्यामा पक्राउ परेका भरत शाहीको बयानका आधारमा बुधबार बर्दियामा गिरीलाई पक्रन खोज्दा भाग्न थालेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले गोली चलाएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसी सिंहले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...