केन्याको एक लक्जरी होटलमा आक्रमण, ६ जनाको मृत्यु

Canya

काठमाडौं ।  केन्याको राजधानी नैरोबीस्थित एक लक्जरी होटलमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको पाँचतारे होटल डुस्डिटी–टू परिसरमा अन्धाधुन्ध गोली प्रहार तथा बिस्फोट भएको हो । सोमालियाको बिद्रोही समूह अल–शबाबले आक्रमणमा आफूहरुको संलग्नता रहेको बताएको छ ।

रगतमा लत्तपतिएका केही मानिसलाई प्रहरीले भवनबाट बाहिर लगेको छ । अहिले भवन पूर्णरुपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको सरकारी अधिकारीले जनाएका छन् ।

होटलको रेस्टुरेन्टमै कम्तिमा पाँच जनाको ज्यान गएको सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीले बताएका छन् ।

यस्तै अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । घटनामा घाइते अन्य केहीको अवस्थासमेत चिन्ताजनक रहेको बताइएको छ ।

घटनामा मृत्यु हुनेको संख्या अझै बढ्ने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...