२१ औं भूकम्पीय सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

Bhukampa

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । १९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा आज भूकम्प सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम हुँदै छन् ।

भूकम्पबारे जनचेतना जगाउन यो दिवस मनाउन थालेकै बीचमा २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले ९ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । अझै पनि कतिपय पीडितको बास बनेको छैन ।

भूकम्पपछिको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण गठन गरिएको छ ।

प्राधिकरणमा पटकपटक राजनीतिकरण हुँदा लामो समयसम्म पनि पुनर्निर्माणको काम सम्पन्न भएको छैन । पछिल्ला दिनमा भने पुनर्निर्माणको कामले तिव्रता लिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...