बेलायती प्रधानमन्त्री मेले प्रस्तुत गरेको योजना संसदबाट अस्वीकृत

Terija me

काठमाडौं । युरोपेली संघ ईयुबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको योजना संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले बेलायती संसद्मा प्रस्तुत गरेको योजनाको विपक्षमा ४३२ सांसदले मतदान गरेका छन् । उनको प्रस्तावमा २०२ सांसदले मात्र समर्थन गरेपछि सो प्रस्ताव अस्वीकृत भएको हो । प्रस्तावको विपक्षमा प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका १ सय १८ जना सांसदले मतदान गरेका छन् ।

तर विपक्षी लेबर पार्टीका तीन सांसदले भने प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री मे ले आफ्नो योजना संसद्बाट पारित गर्न नसकेपछि ठूलो धक्का बेहोर्नुपरेको छ ।

यहीबीचमा विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसद्ले प्रधानमन्त्री मे को ब्रेक्जिटसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि सरकारप्रति सदनको विश्वास नरहेको भन्दै अविश्वासको प्रस्ताव पेश गरेको बताए । अविश्वासको प्रस्तावमाथि आज छलफल हुँदै छ ।

ब्रेक्जिटका विषयमा नराम्रोसँग पराजित भएपछि प्रधानमन्त्री मे को राजनीतिक भविष्यलाई लिएर प्रश्नहरु उठ्न थालेका छन् । तर, कतिपय सांसदले प्रधानमन्त्रीको एउटा प्रस्तावमा मात्र असहमति रहेकाले उनप्रति अविश्वास गरिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री मे ले सदनमा विश्वासको मत प्राप्त गर्न नसकेमा अर्को १४ दिनसम्म उहाँलाई पुनः विश्वासको मत प्राप्त गर्ने समय मिल्ने छ । त्यसबीचमा पनि कसैले विश्वासको मत प्राप्त गर्न नसकेमा बेलायतमा आम चुनावको घोषणा हुने बताइएको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...