कर्णाली प्रदेश: हिउँदे अधिवेशन अनिश्चित

Karnali

सुर्खेत । कर्णाली प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन अनिश्चित बनेको छ । कानुन निर्माण गर्ने प्रदेश सभाको तेस्रो अधिवेशन बोलाउने विषयमा अहिलेसम्म टुंगो लागेको छैन । 

दोस्रो अधिवेशन सकिएको साढे दुई महिना पुगिसक्दा पनि हिउँदे अधिवेशन शुरु भएको छैन । गत कात्तिक १८ गते दोस्रो अधिवेशनको अन्त्य भएको थियो।

संसद अहिले बिजनेशविहीन छ । संसदको हिउँदे अधिवेशन बोलाउने विषयमा अन्यौल हुँदा आवश्यक कानुनहरू बनाउन ढिलाइ हुने देखिएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रदेश सभामा बिजनेस नभएकाले हिउँदे अधिवेशन बोलाउने विषयमा टुंगो लाग्न नसकेको बताए ।

उनले एउटा अधिवेशन अन्त्य भएपछि अर्को अधिवेशन ६ महिना भित्र शुरु गरिसक्नुपर्ने भएकाले पनि अधिवेशनमा ढिलाई नभएको बताए ।सभामुख शाहीका अनुसार कर्णाली प्रदेश सभाले तत्काल प्रदेश सरकारलाई आवश्यक पर्ने १७ वटा कानुनहरु निर्माण गरिसकेको छ । विकाससँग प्रत्यक्ष जोडिएका कानुन भने अबको संसदले निर्माण गर्ने उनको भनाई छ ।

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले संसद नबसेपनि सरकारले आफ्नो गृहकार्य गरिरहेको दाबी गरेका छन् ।

सरकार चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा जुटेकाले संसदलाई बिजनेस दिन नसकेको भन्दै उनले अब छिट्टै बिजनेश दिईने बताए । साथै कर्मचारी समायोजनको कामले गर्दा पनि ढिलाई भएको उनको भनाई छ ।

प्रवक्ता केसीले जनतासँग प्रत्यक्ष जोडिएका कानुनहरु निर्माण गर्न नसक्दा आफूहरु चिन्तित भएको पनि बताए । उनले केही कानुनहरुको ड्राफ्ट निर्माण गर्ने काम भईरहेको पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...