तेहरानमा कार्गो प्लेन दुर्घटना, ७ जनाको मृत्यु

Teharan kargo accident

काठमाडौं । इरानको राजधानी तेहरानमा कार्गो प्लेन दुर्घटना हुँदा कम्तीमा पनि सात जनाको मृत्यु भएको छ ।

बोइङ ७०७ नम्बरको कार्गो प्लेन भवनमा ठोक्किँदा दुर्घटना भएको हो । फार एजेन्सीका अनुसार प्लेनमा १६ जना यात्रु रहेको र एकजान मात्रै जीवित फेला परेका छन् । अधिकारीहरुले उद्धारको काम जारी राखेका छन् ।

कार्गोले मासु बोकेको जनाइएको छ । प्लेन कसको हो भन्ने अझै नखुलेको बीबीसीले जनाएको छ । इरानको उड्ययन प्राधिकरणले प्लेन काजकिस्तानको रहेको जनाएको छ तर काजकिस्तानले भने प्लेन इरानको भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस