थारु समुदायको ठूलो पर्व माघी सुरु, यसरी मनाइन्छ माघी

Maaghi

काठमाडौं । थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको छ ।

माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघीको अघिल्लो दिन पुस ३० गते मासुको जोहो गरेर औपचारिक रुपमा माघीको सुरुवात गर्ने प्रचलन छ । थारु समुदायका मानिस आज रातभर मघौटा र ढुम्रा गीत गाएर नाचगान गर्ने गर्दछन् ।

खासगरी सुदूरपश्चिमका थारु समुदायमा माघी मनाउने शैली परिवर्तन हुँदै गएको छ । परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने मध्य र सुदूरपश्चिमका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले उत्सवको रुपमा पनि माघी मनाउन थालेका छन् ।

रातभर ढुम्रा गाउने थारु समुदायका मानिस भोलि बिहान नजिकैको नदी तालमा पुगेर विधिअनुसार स्नान गरि घर फर्किने गर्छन् । थारु समुदायमा माघी पर्व एक हप्तासम्म मनाउने चलन रहेको छ ।

घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई थारु समुदायले सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन, मेला, महोत्सव र माघी मिलन सहमारोह आयोजना गरी मनाउन थालेका हुन् ।

यसरी मनाइन्छ माघी
पुस मसान्तसँगै थारु गाउँहरुमा भव्यताका साथ माघी पर्व शुरु भएको छ । गाउँ–गाउँमा पुषको अन्तिम सुंगुर काटेपछि थारु समुदायमा माघी शुरु औपचारिक रुपमा शुरु हुन्छ । थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन् ।

पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरुको चाड भएको छ तर थारु समुदायमा माघी विशेष पर्वको रुपमा मनाइन्छ । माघ महिना लागेसंगै थारु संवत २६४२ अर्थात् थारु समुदायको नयाँ वर्ष शुरु हुने छ ।

पुस मसान्तमा बंगुरको मासु खाने र माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रहीआएको छ । यत्ति गरिसकेपछि मान्यजनहरुसंग आशिर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुल लगायतका परिकार खाँदै माघ मनाइने गरेको थारु समुदायका जानकारहरु बताउँछन् ।

थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै विताउने गरेको छ । दिउँसभरि आर्शिवाद थाप्ने र मिठो मसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ ।

माघ महिनासंगै नयाँ आर्थिक वर्ष शुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समिक्षासंगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी/चौकीदार) को जिम्मेवारी हेरफेरमा जुट्ने गरेको छ । माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ ।

पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने चलन समेत थारु समुदायमा रहीआएको छ । थारुहरुको घरभित्र भने छोराछोरीको विहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ । विगतमा थारु समुदायमा रहेको कमैया/कमलरी राख्ने कुप्रथा पूर्ण रुपमा हटेको छ ।

थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यि सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरु काममा फर्किने गरेका छन् । काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसंग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...