मूख्यमन्त्री राउत भन्छन्, मन्त्री र सचिव बीचको झापड प्रकरण मिलिसक्यो

Lalbabu

काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारका मन्त्री र सचिव बीचको झापड प्रकरणमा कुरा मिलिसकेको दावी गरेका छन् ।
आइतबार बसेको मन्त्रीपरिषद बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन समिति बनाएको छ । आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।

घटनाको छानबिन गर्न प्रदेश सरकारले मन्त्रीको संयोजकत्वमा समितिले प्रतिवेदन दिन नपाउँदै मुख्यमन्त्री राउतले दुवै जना बीचको असमझदारी मिलिसकेको दावी गरेका छन् । तर, मुख्यमन्त्री राउतले कहिले र के विषयमा कुरा मिलेको भन्ने केही खुलाउन चाहेका छैनन् ।

आफूले भनेका एनजिओलाई योजना नपारेको भन्दै प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मन्त्रालयका सचिवलाई झापड हानेका थिए । हिजो दिउँसो मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।

उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाको भनाई छ । तर मन्त्री यादवले आफूले सचिवलाई नकुटेको दाबी गरेका छन् । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...