रक्सी खुवाई १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

Rape

दमक । कोकको बोतलमा रक्सी मिसाएर खुवाएर सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर–४ का ३२ वर्षीया अम्मर भनिने घरबहादुर लिम्बु रहेका छन् ।

घटनामा संलग्न रहेका स्थानीय २४ वर्षीया राजेश राजबंशी फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुले पुस २२ गते राति ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बूलाई पक्राउ गरिएको झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

भद्रपुर–४, भगवती टोलमा रहेको चिया बगान छेऊमा रहेको खाली चौरमा किशोरीमाथि बलात्कार भएको हो । जाहेरीमा भनिएको छ, ‘सामान्य चिनजान भएका दुई जना किशोरी त्यहाँ थिए । उनीहरुले रक्सी मिसिएको कोक खान दिएर बलात्कार गरे ।’

त्यसबेला रहेकी अर्की किशोरी भने भाग्न सफल भएको जनाइएको छ । उनैले बलात्कार भएको सूचना परिवारलाई दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...