कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई छैन: मन्त्री केसी

Bimala kc

सल्यान । कर्णाली प्रदेशका भूमिब्यबस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीको गरिबी बेचेर खानेअधिकार कसैलाई नभएको बताएका छन् । उनले बिगतमा कर्णालीका जनताको नाममा गरिबी बेचेर धेरैले खाएको बताउदै अब भने कर्णालीको गरिबी बेच्ने अधिकार कसैलाई नभएको बताएका हुन् ।


आज नेपाल पत्रकार महासंघ सल्यानले खलंगामा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘कर्णालीमा गरिबी छ, यहाँका जनता गरिब छन्, बेरोजगारीहरु पनि धेरै छन्, तर बिगतमा जसरी कर्णालीको गरिबी बेचेर अब खान पाईदैन् ।’ उनले कर्णाली प्रदेश सरकार सभ्य र बिकसित कर्णाली बनाउनको लागी अगाडी बढेको बताए ।

कर्णाली प्रदेश सरकारका प्रबक्ता समेत रहेका मन्त्री केसीले कर्णालीका गरिब किसानहरुको लागी गरिब किसान हातेमालो कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले बजेट नै बिनियोजन गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...