लमजुङमा भूकम्पको धक्का

Earthwuake 29

लमजुङ । लमजुङमा भूकम्प गएको छ । आइतबार अपरान्ह ४ बजेर १ मिनेटको समयमा ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

लमजुङको सदरमुकाम बेशीशहरदेखि ४ किलोमिटर उत्तर पश्चिमको सिम्पानी भन्ने स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । उत्तरको बाहुनडाँडादेखी दक्षिणको सुन्दरबजारसम्म भुकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

यसअघि गत २५ गते साँझ ७ बजेर ४९ बजेको समयमा सदरमुकाम बेशीशहर नजिकै केन्द्रबिन्दु बनाएर ३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...