उपत्यकाभित्रका यदुवंशीहरु संगठित

Gopal sewa samiti

काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गरिरहेका यदुवंशीहरु संगठित भएका छन् । उनीहरुले गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरेका छन् ।

शनिबार सम्पन्न भेलाले कमलकुमार यादव अध्यक्ष मञ्जुकुमारी यादव उपाध्यक्ष र विजय यादवलाई सचिव चयन गरेको छ । २१ सदस्यीय कार्यसमितिमा कोषाध्यक्षमा अम्बिका यादव, सह–कोषाध्यक्षमा राजेशप्रसाद यादव, सह–सचिवमा सुजितकुमार यादव चयन भएका छन् । सदस्यहरुमा अञ्जुला यादव, सुनिताकुमारी यादव, नन्दकिशोर यादव, एमपी यादव, सुशिलकुमार यादव, शिवशंकर यादव, अरुणकुमार यादव र सुक्देव यादव चयन भएका छन् ।

सो भेलाले श्यामकिशोर यादव, विनोदकुमार यादव, उमेश यादव, सत्यनारायण यादव र राजेशकुमार यादवलाई सल्लाहकार चयन गरेको छ । सबैलाई स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले पदभार तथा सपथ ग्रहण गराए ।

सो कार्यक्रममा विभिन्न पेशामा आवद्ध रही उपत्यकामा बसोवास गर्दै आएको १ सय ५० यदुवंशीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पूर्वमन्त्री डा.डम्बरनारायण यादव, डा.सुरेन्द्र यादव र रेखा यादवको उपस्थिती थियो । सो भेला गोपाल सेवा समितिको केन्द्रिय अध्यक्ष कौशल यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...