पावरको दुरुपयोग : मन्त्रीको हातको कुटाई खाने सचिव नै हिरासतमा

Kutiye sachib

जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मन्त्रालयका सचिवलाई कुटपिट गरे । तर, सचिव कुटपिट गर्ने मन्त्री हिरासतमा जानु पर्नेमा सचिवलाई नै प्रहरीले पक्राउ गरेको छ ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए । मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरे । तर, प्रहरीले सचिवलाई नै नियन्त्रणमा लिएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनोट नगरेको आरोपमा मन्त्री यादवले सचिवलाई कुटपिट गरेका थिए ।

सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए । त्यसमा ४० वटा संस्था छनोट भएको थियो । मन्त्री यादवले भने आफूले नकुटेको दाबी गरेका छन् ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...