राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश, के जस्ताको तस्तै पारित होला त ?

Jaya puri gharti

काठमाडौं । नेपाली कांग्रेस र डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ को विरोध जनाइरहेका बेला शिक्षा तथा स्वास्थ्य समितिले तयार गरेको प्रतिवदेन संघीय संसदको प्रतिनिधिसभामा पेश भएको छ ।

चिकित्सा शिक्षा विधेयकको प्रतिवेदनलाई लिएर चिकित्सक डा. गोविन्द केसीले अनशन थालेका छन् । सरकार र सांसदहरूले भने डा. केसीका माग विधेयकमा सम्बोधन गरिएको बताएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उक्त प्रतिवेदनको विरोध गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल गरी तयार गरिएको प्रतिवेदन पेश गरेकी छन् ।

संसदको गत भदौ १३ गतेको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो ।

समितिले असोज ११ गते विधेयकमाथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेश गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो ।

सभापति घर्तीले उक्त समितिले उपसमिति गठन गरेर उक्त प्रतिवेदनमाथि व्यापक बहस र छलफल भएको बताइन् । उनले प्रतिवेदन तयार पार्दा सरकार, सरोकारवाला विज्ञहरूसँग व्यापक छलफल भएपछि तयार गरिएको जानकारी दिइन् ।

उपसमितिले विभिन्न समयमा १५ बैठकमा छलफल भएको बताइन् । सो प्रतिवेदन तयार पार्न १० सदस्यीय उपसमिति गठन गरिएको थियो । प्रतिवेदनमाथि अब संसदको पूर्ण बैठकमा छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...