रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक तस्करको मृत्यु

Goli

रुपन्देही । रुपन्देहीमा गए राती तस्कर र प्रहरीबीच दोहोरो झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए ।

प्रहरीका अनुसार भारतीय प्लेट नम्बर भएको मोटरसाइकलमा आएका अन्दाजी ३५ वर्षीय तस्करको मृत्यु भएको छ । उनको अहिलेसम्म नाम खुलेको छैन । तस्करको शव अहिले पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।

प्रहरी उपरिक्षक थापाका अनुसार तस्करको गोली प्रहारबाट एक प्रहरी घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...