संसद बैठक आज बस्दै, प्रधानमन्त्रीले संसदमा आज पनि जवाफ नदिने 'काँग्रेस अन्यौलमा'

Samsad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएको भन्दै काँग्रेसले अवरुद्ध गरेपछि बस्न लागेको आजको संसद बैठकमा के गर्ने भन्ने बारेमा काँग्रेस अहिले सम्म अन्यौलमा रहेको छ ।

सभामुख कृष्णबहादुर महराले प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुलिङ गरेकाले आज प्रधानमन्त्रीले जवाफ दिनु पर्ने काँग्रेसको अडान छ । तर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने कार्यक्रम नरहेको जानकारी दिए ।

प्रधानमन्त्रीले जवाफ नदिएमा संसद चल्न दिने की नदिने भन्ने बारेमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले केही बताउन सक्नु भएन । उनले प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गर्दै प्रधानमन्त्रीले आफुहरुलाई अनेक बाहनामा ढाँट्ने काम गरिरहेको आरोप पनि लगाए ।


सभामुख महराको रुलिङअनुसार प्रधानमन्त्रीले जवाफ दिने अपेक्षा सहित काँग्रेससहित विभिन्न पार्टीका सांसदहरुले प्रधानमन्त्रीका लागि संसद सचिवालयमा प्रश्न दर्ता गराएको काँग्रेस सांसद डाक्टर डिला संग्रौलाले जानकारी दिए ।

एक हप्ता अगाडी प्रधानमन्त्री ओलीले संसदमा सम्वोधन गरेपछि सम्वोधनका बारेमा काँग्रेसले तत्काल प्रश्न गर्न लागेको थियो । तर प्रधानमन्त्रीको आग्रहमा र कानुनको गलत व्याख्या गर्दै सभामुख महराले प्रश्न गर्ने कार्यसूची हटाएपछि काँग्रेसले संसद अवरुद्ध गरेको थियो ।

संघीय संसदको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीले संवोधन गरेपछि सांसदहरुले तत्काल प्रश्न सोध्न पाउने व्यवस्था रहेको छ ।
सोही व्यवस्था अनुसार प्रश्न गर्न पाउनु पर्ने माग काँग्रेस सांसदहरुले गरेपछि सभामुख महराले अर्को बैठकमा प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...