न्यायिक समितिमा पन्ध्र महिनामा ५६ वटा उजुरी

Nyayik

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पन्ध्र महिनामा विवाद समाधानकार लागि ५६ वटा उजुरी परेका छन् । आर्थिक वर्ष २०७४/७५ मा ३२ वटा र ७५/७६ को तिन महिनामा २४ वटा उजुरी परेको गोलन्जोर गाउँकार्यपालिकाको न्यायिक समितिले जनाएको छ ।

साउन एक गते देखि कार्तिक १८ गने सम्म २४ वटा विवाद समाधानको उजुरी दर्ता भएकोमा दश ओटा समाधान भएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गङ्गादेवी श्रेष्ठले जानकारी दिए ।

सुरुमा कानुनबारे जानकारी नहुँदा र कानुनी सल्लाहकार समेत नहुँदा विवाद निरूपणमा निकै समस्या भए पनि तालिम र अनुभव बढेपछि न्याय निरुपणमा सजिलो हुदै गएको श्रेष्ठले बताए । न्यायिक समितिमा कानुनी सल्लाहाकार राख्न सके न्यायिक समितिले राम्रो र प्रभावकारी रुपमा समस्या समाधान गर्न सक्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...