भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले गरे नेपालीमा यस्तो ट्विट

Thapa india2

काठमाडौं । भारतीय राष्ट्रपतिको कार्यालयले सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा दिएकोबारे नेपाली भाषामा ट्विट गरेको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले सेनापति थापालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गरेका हुन् । नेपालका सेनापतिलाई भारतीय सेनाको सेनापति र भारतीय सेनापतिलाई नेपाली सेनाको सेनापतिको मानार्थ दर्जा दिने प्रचलन छ ।

थापालाई मानार्थ सेनापतिको दर्जा दिएकोबारे भारतीय राष्ट्रपति कोबिन्दको कार्यालयले गरेको ट्विटमा उल्लेख छ ।

‘नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उनले गरेको योगदान र नेपालको भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...