धादिङमा बर्दियाको बस दुर्घटना हुँदा १ को मृत्यु, ३० जना घाइते

Bus accident dhadin

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बा२ख ४६८३ नम्बरको बस दुर्घटना हुँदा बर्दियाका १८ वर्षीय नरेन्द्र थारु चौधरीको मृत्यु भएको छ । उनको उपचारको क्रममा चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । अत्याधिक गतिमा गुडेका कारण सो बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...