फ्रान्समा ‘पँहले भेस्टधारी’ हजारौं व्यक्तिहरुद्वारा सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन

Fransa

काठमाडौं । फ्रान्समा ‘पँहले भेस्टधारी’ हजारौं व्यक्तिहरुले सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

इन्धनमा भएको मूल्यविरुद्ध केही साता अघि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नबौं चरणको विरोध सुरु गरेका छन् । प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा उनीहरुको प्रहरीसँग भिड्न्त पनि भएको छ ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ । पछिल्लो विरोध प्रदर्शनका क्रममा फ्रान्सभर झण्डै ८४ हजार व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इन्धनमा भएको मूल्यबृद्धिलाई लिएर सुरु प्रदर्शनमा पछिल्लो दिन नयाँ–नयाँ मागहरु थपिने क्रम जारी छ । प्रदर्शनकारीहरुले कर, स्वच्छ उर्जा, संस्थागत सुधार र नागरिकताका मुद्दाहरुलाई उठाउन थालेका छन् ।

यस अघिका प्रदर्शनमा आगजनी र तोडफोडका भए पनि पछिल्लो समय त्यस्ता घटनामा कमी आएको छ । स्थितिलाई नियन्त्रणमा लिन ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म २२४ प्रदर्शनकारी पक्राउ परेका छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस