विवादास्पद धर्मगुरु गुरमित रामरहिम पत्रकार हत्यामा दोषी ठहर

G168uy8n0pmbcowfvvqw

नयाँ दिल्ली ।  भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या भएको ठहर भएको छ ।

आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकाले सिंहले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीको हत्या गरेको अदालतले ठहर गरेको हो ।

संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० बर्षको जेल सजाय सुनाइसकेको छ । अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ ।

उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो । सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो ।

सिंहलाई आजीवन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ । यसअघि सन् २०१७ मा भएको बलात्कारसम्वन्धी फैसलापछि उनका समर्थकहरू विरोधमा उत्रिँदा भएका झडपमा परी झन्डै ४० जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...