आपतकाल घोषणा गर्ने डोनल्ड ट्रम्पको चेतावनी

Trump

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् । आफ्नो पूर्व प्रतिबद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कंग्रेस तयार नभए राष्ट्रिय आपतकालको घोषणा गरी सीमामा पर्खाल लगाउने बताए ।

सीमा क्षेत्रको भ्रमणमा रहनुभएका राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि मेक्सिकोले पनि रकम तिर्नुपर्ने बताएका छन् । तर, राष्ट्रपतिले माग गरेको बजेट दिन डेमोक्रेटिक पार्टी तयार भएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

जनताले नै राजा ल्याउँछन् : कटुवाल

Katwal 27

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्...