हतियारधारी समूहको आक्रमणबाट ४२ गोठालाको मृत्यु

Sudan01

सुडान । हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् ।

सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो ।  उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले सिन्ह्वालाई दिएको जानकारीअनुसार गएकाे आइतबार यो घटना भएको हो । “मुर्ले आदीवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ,” बिलुले भने ।

उनले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेकाे र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् ।

घटना भएको क्षेत्र दशकौँदेखि साम्प्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हुँदै आएको छ । त्यस क्षेत्रमा बालयौन दुर्व्यवहारलगायतका अन्य हिंसा पनि हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...