प्रदेश सरकारले किन्यो ४ करोडको विलासी गाडी

Pradesh 1 gadi

विराटनगर । आफ्नै हातमा डाडु पन्यु भएपछि आफ्नो भागमा जति हाले पनि त भयो नि । यस्तै भएको प्रदेश नं. १ को सरकारका लागि ।

केही समय अघि राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गरिएको चर्चा सेलाउन नपाउँदै प्रदेश नं. १ को सरकारले करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ ।

प्रदेश सरकार गठन भएको दुई बर्षसम्म कुनै सिन्को नभाचेको प्रदेश सरकारले भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि प्रदेश १ सरकारले निशान पेट्रोल ब्राण्डको दुई वटा गाडी खरिद गरेको छ । चालू आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार, २ करोड ७ लाख ५० हजार र १ करोड ७९ लाख ५० हजार रुपैयाँमा सुविधा सम्पन्न दुई सवारी खरिद गरेको प्रदेश १ सरकारले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयलका शाखा अधिकृत एवं गाडी खरिद इकाई समितिका संयोजक मनोज कार्कीले स्पेसिफिकेशन तोकेर ई–बिडिङबाट गाडी खरिद गरेको बताए । प्रदेश सरकार बनेलगत्तै प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मोरङका प्रमुख जिल्ला अधिकारीलाई भीआईपीका लागि सुविधायुक्त र सुरक्षित गाडीको जोहो गर्न हम्मेहम्मे पर्दै आएको थियो ।

भिआइपी र भिभिआईपीका लागी यस्ता महंगा गाडी खरिद गरे पनि सभा र सम्मेलनको उदघाटनका लागी जान सहज भएपनि यस्ले गतिलो सन्देश भने पक्कै पनि दिएको छैन । फुर्सर्दिला सांसद र मन्त्रीहरुका लागि सुबिधा मात्र उपलब्ध गराउने तर काम भने शुन्य बन्दा हात्ति आयो, हात्ति आयो फुस्सा भनेझै भएको छ ।

प्रतिकृया दिनुहोस