गोठमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

Aaglagi 735x400

बागलुङ । गोठमा राखिएको खरमा आगो सल्किँदा तारागाउँका ३ जना बालबालिकाको मृत्यु भएको छ ।

यमबहादुर खत्रीको गोठमा राखिएको खरमा आगो सल्किँदा ताराखोला गाउँपालिका–४ का दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको मृत्यु भएको हो ।

उनीहरु गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैँले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । मंगलबार अपरान्ह् सवा ४ बजेतिर लागेको आगो लागेको वडाध्यक्ष जीतबहादुर खत्रीले बताए ।

आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शव निकाली घटनास्थलको मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस