प्रहरी भन्छ, बम्जनकै आश्रममा अनुयायीको हत्या भयो

Ram bahadur bamjan

काठमाडौं । शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले ‘तपस्वी’रामबहादुर बम्जनको आश्रममा छापा मार्यो । छापा मार्दा प्रहरीले शवको अवशेष भेटिएन । तर, प्रहरीले हत्या भएका केही प्रमाण भने भेटाएको छ ।

आश्रममै रहेका प्रत्यक्षदर्शीले नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्यापछि नुन हालेर खाडलमा पुरेको जानकारी दिएका थिए । ती अनुयायीको जानकारीपछि सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा निवेदन दिएका थिए ।

सञ्चलाल पछिल्लो पटक २०७१ चैत १५ परिवारको सम्पर्कमा थिएका थिए । ती अनुयायीले दिएको जानकारीअनुसार सीआईबीसहितको टोलीले सञ्चलालको हत्या भएको भनिएको आश्रमको सम्भावित स्थान उत्खनन गरेको थियो । खाडल उत्खनन क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको थियो । तर, खाडलबाट शवको कुनै अवशेष भने प्रहरीले फेला पार्न सकेन ।

फरेन्सिक विज्ञसहित काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायीको हत्यासम्बन्धी केही प्रमाण फेला पारेको हो ।

प्रहरीले नै ‘तपस्वी’रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्यासम्बन्धी प्रमाण फेला परेको प्रहरी स्रोतको दाबी छ । तर अनुसन्धान प्रभावित हुने भन्दै संकलित प्रमाणबारे प्रहरीले मुख खोल्न मानेको छैन ।

सीआईबीबाट गएको फरेन्सिक विशेषज्ञसहितको टोलीले आश्रमभित्र बरामद कोइला, ‘सञ्चलालको शव गाडिएको’ सम्भावित खाडलको माटो र नुनको पोकाको खोल अनुसन्धानका लागि काठमाडौं ल्याएको छ । प्रहरीले आश्रमका १४ जनासँग सोधपुछ गरेको थियो । तीमध्ये सात जना सञ्चलालको हत्याका बेला आश्रमभित्रै रहेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिकृया दिनुहोस