आज दिनभर देशभरको मौसम सफा रहने

Mausam chiso

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आज दिनभर सामान्यतया सफा रहने जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम भएकाले आज बादल लाग्ने वा वर्षा हुने सम्भावना छैन ।

पश्चिम र पूर्वका पहाडी क्षेत्रमा भने साँझतिर आंशिक बदली हुने तथा केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना रहेको छ । यस्तै उच्च पहाडी क्षेत्रका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना पनि छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम बिहान २ दशमलव २ डिग्री सेल्सियस रहेको छ । सुर्याेदय विहान ६ बजेर ५५ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर २४ मिनेटमा हुनेछ ।

प्रतिकृया दिनुहोस