रोल्पाको जुतुङखोलामा बस दुर्घटना हुँदा २ को मृत्यु, २३ जना घाइते

Accident

प्युठान । रोल्पाको जुतुङखोलामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

सुलिचौरबाट सिर्पका लागि छुटेको आशीर्वाद यातायात प्रालिको बा १ ख ५५२१ नम्बरको बस लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलाको उकालो घुम्तीमा चिप्लिएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी प्युठानको स्वर्गद्धारी नगरपालिका–५ सारीका २४ वर्षीय चालक नवराज आले र लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलाका ११ महिने बालक नितेश विकको मृत्यु भएको छ । गाडीमा ३० जना सवार रहेकोमा अन्य २३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काका अनुसार गम्भीर घाइतेहरुको उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र २१ जनाको सुलिचौरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस