मेक्सिकोको सीमामा पर्खाल लगाउने कुरामा कुनै सम्झौता नहुने: ट्रम्प

Trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने बताउनु भएको छ ।
मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि चाहिने ५ अर्ब ६० करोड डलर संसद्ले विनियोजन गर्नुपर्ने माग सहित ट्रम्पले. सो कुुरा बताए ।


राष्ट्रिय सुरक्षाका लागि पर्खाल लगाउन आफूले मागेको रकम संसद्ले विनियोजन नगरे राष्ट्रिय आपत्काल लागू गर्ने चेतावनी पनि उनले जानकारी दिए ।


डेमोक्रेटिक पार्टीका सांसदहरु राष्ट्रपतिको मागमा सहमत हुन नसक्दा संसद्बाट पारित विनियोजन विधेयकमा ट्रम्पले हस्ताक्षरसमेत गर्नुभएको छैन । सोही कारण अहिले अमेरिकाको सरकारी काम आंशिक रुपमा ठप्प भएको छ ।

प्रतिकृया दिनुहोस