साइबर सेक्युरिटी अथोरिटीद्वारा साइबर हमलाका विषयमा आफ्नो बचाउ

G3ogd9nsbskxhv1imfhj

काठमाडौं । जर्मनीको साइबर सेक्युरिटी अथोरिटीले आफ्नो देशमा भएको साइबर हमलाका विषयमा आफ्नो बचाउ गरेको छ ।

साइबर हमलामा जर्मनीका सयौं नेताको निजी जानकारी सार्वजनिक भएको थियो ।

घटनाको चौतर्फी आलोचना भएपछि सेक्युरिटी अटोरिटीले यसबारे आफूलाई पूर्वजानकारी नभएको भन्दै बचाउ गरेको हो ।

यद्यपी विश्लेषकहरुले भने साइबर हमला हुनेबारे पहिले नै जानकारी पाए पनि सेक्युरिटी अथोरिटीले प्रहरीलाई जानकारी नगराएको भन्दै ब्यापक आलोचना गरेका छन् ।

जर्मनीमा हालै भएको साईबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयौं नेता, पत्रकार तथा कार्यकर्ताको निजी जानकारी इन्टरनेटमार्फत् सार्वजनिक भएको थियो ।

गत डिसेम्बरमै भएको साइबर हमलाबारे जर्मनीले शुक्रबार मात्रै जानकारी पाएको थियो ।

साइबर हमलाका पछाडि कसको हात छ भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

 
 
 
 
19Shares
 

प्रतिकृया दिनुहोस