शास्त्रले भन्छ, महिलाले यी ८ काम गर्नुहुँदैन

Mahila ko kam

काठमाडौं । समाजले, घरले वा नेपाली संस्कारले राम्री बुहारी खोज्ने गर्छ । बत्तिस लक्षण युक्त महिलाको खोजी गर्ने समाजले एउटी महिला सबै कुरामा निपूर्ण होस् भन्ने चाहेको हुन्छ ।

एउटा राम्रो आचरण भएकी महिलाले घरलाई स्वर्गजस्तै बनाउन सक्छिन् । महिला घरकी लक्ष्मी हुन् । भनिन्छ एउटा त्यतिबेला घर जस्तो बन्छ जतिबेला त्यस घरमा बस्ने महिलाले आफ्नो कर्तव्य सम्झिएर त्यसको पालन गर्छन् । हरेक धर्ममा महिलाहरुको स्थान माथि राखिएको हुन्छ ।

महिलाको लागि कति काम यस्तो बताइएको छ कि जुन उनीहरुलाई गर्न इन्कार गरिएको छ । यी काम महिलाले भुलेर पनि गर्नु हुँदैन भनिन्छ । के होलान् त ती काम ?

घर छोड्नु हुन्न
शास्त्रको अनुसार स्त्रीहरु कुनै पनि हालतमा आफ्नो घर छोडेर हिड्नु हँदैन । अर्थात् अर्काको घरमा बस्नुहुँदैन । यो कुरालाई नमान्दा धेरै नोक्सान हुन सक्ने बताइन्छ ।

जप गर्नुहुँदैन
ओम मन्त्रको अभ्यास गर्दा कतिपय शारिरिक र मानसिक फाइदा हुने बताइन्छ तर यस्तो मानिदैँ आएको छ कि महिलाले कुनै पनि जप गर्नु नराम्रो मानिन्छ ।

फर्सी काट्नुहुँदैन
फर्र्सीलाई सीताको फल अर्थात सीताफल मानिन्छ । यसलाई महिलाले काट्न नहुने मात्यता रहँदै आएको छ । पहिले पुरुषले थोरै काटिदिएपछि महिलाले काट्न सकिने बताइन्छ ।

बलि दिन हुँदैन
फरक–फरक धर्ममा उल्लेख भएअनुसार नियम पनि फरक नै हुने गर्दछ । तर देवतालाई बलि चढाउन महिलाले नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

नरिवल फुटाउन हुँदैन
तपाई हामीले देखेको कुरा हो कि प्राय कुनै पनि शुभ कार्यमा पुरुषहरुले नै नरिवल फुटाएको देखेका छौ । शास्त्रका अनुसार महिलाले यो काम गर्नु हुँदैन ।

पतिसँग टाढा बस्नु हुँदैन
शास्त्रको अनुसार कुनै पनि स्त्री आफ्नो पतिसँग धेरै समयसम्म टाढा बस्नुहुँदैन । जीवनसाथीसँग टाढा हुनु स्त्री र पुरुष दुवैको जीवनमा समस्या पैदा गर्न सक्छ ।

हनुमानको पूजा
यो कामको बारेमा तपाईलाई पनि जानकारी भएकै कुरा हो कि हनुमानलाई ब्रमचारी मानिन्छ । महिलाले हनुमानको पूजा गर्न त सक्छन् तर उनीहरुको हनुमानको स्पर्श गर्न मनाही गरिएको छ ।

गायत्री मन्त्रको जप गर्नुहुँदैन
शास्त्रको अनुसार महिलाले गायत्रीमन्त्र जप गर्नुहुँदैन । गायत्री परिवारका प्रमुख आचार्य श्री राम शर्माको अनुसार यो जप गर्नु महिलाको लागि श्राप मुक्त गरिदिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...