नगरपालिकामा बेतिथि : कहाँ हराए काञ्जी हाउसमा राखिएका हजार गाई गोरु ?

Kanchanpur pashu news

महेन्द्रनगर । ‘आफ्नै हात जगन्नाथ’ भनेजस्तै स्थानीय निकायमा जनप्रतिनिधि आएपछि केसम्म भएको छैन र ? कतै कार्यकर्ता पाल्न त कतै शक्ति देखाउन पनि स्थानीय तहका जनप्रतिनिधिले राज्यको ढुकुटी सक्दै आएका छन् ।

शक्ति नै आफ्नो हातमा भएपछि त्यसले पछि जस्तो सुकै परिणाम दिए पनि राज्यको ढुकुटी ‘बालुवामा पानी खन्याए’सरह खन्याउन के समस्या हुन्छ र ? यसको पछिल्लो उदाहरण हो कञ्चनपुरको बेदकोट नगरपालिका ।

बेदकोट नगरपालिकाको हात्तीथलाको बैजनाथ मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बेदकोट नगरपालिकाले गाई गोरु व्यवस्थापनका लागि काञ्जी हाउस निर्माण गरेको थियो । तर, त्यो हाउसमा गाई गोरुको उचित व्यवस्थापन गरेन, उल्टै त्यहाँका गाई गोरु अन्यत्र पठाएको छ ।

बेदकोट नगरपालिकाको पूर्व पश्चिम राजमार्गमा पर्ने सुडा, लालपुर, दैजी बजार लगायतका क्षेत्रमा सबैभन्दा ठूलो छाडा चौपायाको समस्या थियो । चौपाया समस्या समाधानका लागि हात्तीथलास्थि वन क्षेत्रमा व्यवस्थापन स्थल बनाएको थियो ।

नगरपालिकाको पहिलो नगर सभाबाट चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको थियो । नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि आर्थिक वर्ष ०७४/०७५ मा ३६ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, टेन्डरमार्फत २४ लाख रुपैयाँ खर्च गरेर हात्तीथलमा व्यवस्थापन स्थल बनाइएको थियो ।

व्यवस्थापन स्थल बनाएपछि सो स्थानमा करिव एक हजार गाई गोरु पनि राखिएका थिए । तर, अहिले सो स्थानमा एउटा पनि गाई गोरु छैनन् । जो स्थल वरीपरी जिउँदा गाई गोरु होइनन्, यति मरेका गाई गोरुका हड्डी र छाला मात्र देख्न पाइन्छ ।

हात्तीथलामा व्यवस्थापन गरिएका गाई गोरुका हाडखोर छरपस्ष्ट भएका छन् । गत वर्ष काञ्जी हाउसमा राखिएका एक हजार गाई गोरुमध्ये खान नपाएर धेरै गाई गोरु मरेका छन् । अहिले मरेका गाई गोरुका हाडखोर काञ्जी हाउस नजिक जंगल क्षेत्रमा छरपस्ष्ट छन् ।

गाई गोर व्यवस्थाका लागि वन क्षेत्रमा तारबार गरिएको छ । त्यहाँ राखिएका गाई गोरु पानी र घाँस नपाएर केही दिनपछि मर्न सुरु गरेको स्थानीय बताउँछन् ।

अहिले काञ्जीमा हाउसका केही चौपाया सहित मरेका गाई गोरुका हाडखोरको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसअघि गत वर्ष पनि बेदकोट नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रष्टीकरण दिएको थियो ।

नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बाल सन्त मोहनशरण देवाचार्यले गाईको हाडखोर देखेपछि काञ्जी हाउसमा क्षेत्र पुगेका थिए । यतिसम्मकी काञ्जी हाउसका कर्मचारीले जगद्गुरुलाई गेटभित्र पस्न दिएका थिएनन् । जगद्गुरुलाई रोकेको खबर सार्वजनिक भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी जगद्गुरको मानमर्दन नगरिएको प्रष्टीकरण दिएको थियो ।

गाई गोरु व्यवस्थापनका ठेकेदार कम्पनी मार्फत पूर्वाधार निर्माण गरिए पनि बचेको सबै रकम सत्तारुढ पार्टीका केही नेताको मिलेमतोमा खर्च गरिएको छ । बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दसँग मिलेर बचेको रकम खर्च गरिएको थियो । ठेक्का गरी बचेको रकम मनपरी खर्च गरिएको कार्यालयका कर्मचारीहरु बताउँछन् । काञ्जी हाउस निर्माणको ठेक्कासमेत आपसी मिलेमतोमा दिइएको आशंका गरिएको छ ।

नक्कली तस्विर हो : प्रवत्ता
अहिले पनि सामाजिक सञ्जालमा गाई गोरुका हड्डी सार्वजनिक भइरहेका छन् । तर, यसलाई नगरपालिकाले गलत तस्वीर भनेको छ ।

बेदकोट नगरपालिकाका प्रवक्ता नरेशबहादुर सिंहले अन्य ठाउँको तस्वीर सार्वजनिक गरेर नगरपालिकालाई बदनाम गर्न खोजिएको बताए । उनले सो स्लमा रहेका गाई गोरु जुम्ला, डडेलधुरा, दार्चुला लगायतका ठाउँमा पठाइएको बताए ।

‘हामीले ती ठाउँहरुमा पशु व्यवस्थापन गर्न भनेर जुम्लामा झण्डै ५ सय र बैतडीको डिलाशैनी गाउँपालिकामा २ सय ४० वटा पठाएका छौं’ उनले भने, ‘यो जंगल क्षेत्र हो, अहिले हात्तिले सबै बार लगाइएको ठाउँ भत्काएपछि बस्तु अन्य ठाउँ सारिएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...