पाइलटलाई तौल घटाउन निर्देशन, नमाने विमान चलाउन नदिइने

Ma(4)

काठमाडौं। पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए) ले आफ्ना पाइलट र क्रु मेम्बर्सलाई तौल घटाउने लक्ष्य दिएको छ ।

पिआइएका अनुसार यदि तौल घटाइएन भने उनीहरुलाई हटाइनेछ । यसअघि पनि एयरलाइन्सले सन् २०१६ मा क्रुका सदस्यलाई तौल घटाउन आग्रह गरेको थियो ।

पिआईएले जारी गर्यो सर्कुलेशनः

पिआईएले आफ्ना कर्मचारीका लागि एउटा सर्कुलेशन जारी गरेको छ । पाइलट  र क्रु मेम्बर्सलाई तौल घटाउन एउटा मापदण्ड तय गरिएको छ । यदि कसैको तौल तोकिएको मापदण्डभन्दा १३.६ किलोभन्दा बढी पाइएको खण्डमा उसले आफ्नो तौल कम गर्नुपर्नेछ ।

बढेको तौलको हिसाबले हरेक महिना कति तौल घटाउनुपर्छ त्यो पनि बताइएको छ । धेरै तौल भएका सदस्यले हरेक महिना २.३ किलो कम गर्नुपर्ने हुन्छ ।

३१ जनवरीमा तौल मापन गरिनेछ । यदि कसैको तौल तोकिएको मापदण्डभन्दा धेरै पाइए उसलाई विमान चलाउन दिइनेछैन र एयर क्रु मेडिकल सेन्टर पठाइनेछ ता कि ती सदस्यले आफ्नो तौलमा ध्यान दिन सकून् ।

सर्कुलरका अनुसार अहिले निर्धारित समयभन्दा १३.६ किलो छुट दिइनेछ । तर हरेक महिना तौल घट्नुपर्छ । यस्तै, फेब्रुअरी १ तारिखसम्म यो छुट ११.३३ किलो हुनेछ । हरेक महिना २.३ किलोको कटौती गरिनेछ । जुलाई १ पछि कुनै पनि छुट दिइनेछैन ।

प्रतिकृया दिनुहोस